दाङमा १४ वर्षीया किशोरी बलात्कृत

दाङ, ९ मंसिर । दाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकाे छ ।

१४ वर्षीया किशोरीलाई बलात्कार गर्ने घोराही उपमहानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई ती किशोरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका किशाेरमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।