उनानब्बे वर्षिय बृद्धकाे काेदालोको बिंड प्रहार गरी हत्या

मकवानपुर, ९ मंसिर । मकवानपुरकाे थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिंड प्रहार गरी हत्या भएकाे छ ।

हत्या अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनानब्बे वर्षिय बृद्ध संग एक-आपसमा भनाभन भई झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको सूचनाकाे आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाईसनलाई पक्राउ गरेको हो ।

प्रहरीले टाईसन संग हत्या सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।