कम्युनिष्टको उद्गमभूमि मेचीका ९ निर्वाचन क्षेत्रमध्ये ५ वटामा एमाले विजयी २ मा विजयउन्मुख
काठमाडौं, ९ मंसिर । नेपालको सुदुर पूर्वमा रहेको मेची अञ्चल राजनीतिका हिसावमा निकै अर्थपूर्ण मानिने अञ्चल हो । कम्युनिष्ट पार्टीको उद्भव भूमिका रुपमा समेत परिचित यो अञ्चल कुनै समय कम्युनिष्टको किल्लाका रुपमा परिचित थियो । २०२७ सालमा केपी शर्मा ओली, सीपी मैनाली लगायतको नेतृत्वमा झापा विद्रोह सुरु भएको थियो । त्यति मात्रै होइन तत्कालीन पञ्चायती दमनका विरुद्ध क्रान्तिको बिगुल फुक्ने योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन सत्ताले जेल सार्ने बहानामा इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेसँगै ‘सुखानी काण्ड’ ले पनि मेची अञ्चल चर्चा छ ।
बहुदलपछि लालकिल्लाको पहिचान बनाएको मेची अञ्चल राजनीतिमा यति धेरै उर्वर भूमिका रुपमा परिचित छ कि मेची अञ्चलले बहुदलपछि दुई प्रधानमन्त्री प्राप्त गर्यो । संविधानसभाको अध्यक्ष समेत मेची अञ्चले नै प्राप्त गरेको थियो । हाल नेकपा (एमाले)का उपाध्यक्ष रहनु भएका सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष रहेका बेला नेपालले नयाँ संविधान प्राप्त गरेको थियो । नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शर्मा ओली झापाको हुनुहुन्छ । उहाँ दुई पटक देशको प्रधानमन्त्री बन्नुभयो भने एमालेका पूर्व अध्यक्ष समेत रहनु भएका इलामका झलनाथ खनाललाई पनि देशको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो ।
त्यति मात्रै होइन नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा पनि झापा जिल्लाकै हुनुहुन्छ । राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देल पनि झापा जिल्लाकै हुनुहुन्छ । खनाल अहिले नेकपा एकिकृत समाजवादीका सम्मानित नेता हुनुहुन्छ । नेकपा (एमाले)का सचिव योगेश भट्टराई पनि ताप्लेजुङका हुनुहुन्छ । त्यसो त नेकपा (एमाले)का पूर्वमहासचिव स्वर्गीय मदनकुमार भण्डारीको जिल्ला ताप्लेजुङ पनि मेची अञ्चलमै पर्छ ।
बहुदलपछि लालकिल्लाको पहिचान बनाएको मेची अञ्चल राजनीतिमा यति धेरै उर्वर भूमिका रुपमा परिचित छ कि मेची अञ्चलले बहुदलपछि दुई प्रधानमन्त्री प्राप्त गर्यो । संविधानसभाको अध्यक्ष समेत मेची अञ्चले नै प्राप्त गरेको थियो । हाल नेकपा (एमाले)का उपाध्यक्ष रहनु भएका सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष रहेका बेला नेपालले नयाँ संविधान प्राप्त गरेको थियो
यसरी हेर्दा नेपालको राजनीतिमा शक्तिशाली स्थानमा रहेका र बनाएका नेताहरुको बाहुल्यता रहेको मेची अञ्चलको राजनीतिको महत्व पनि अर्थपूर्ण छ । नेपालका ठूला राजनीतिक दलका अध्यक्षदेखि महामन्त्रीसम्मको जिम्मेवारीमा अहिले पनि मेची अञ्चलकै नेताहरु रहेका छन् । त्यसो त बहुदल अघिसम्म मेची अञ्चलमा पद्मसुन्दर लावती निकै चर्चामा हुनुहुन्थ्यो । लावतीको ०७२ जेठ ७ मा मृत्यु भयो । पञ्चयतमा मात्रै होइन बहुदलपछि पनि पटक–पटक गरी १२ पटक मन्त्री हुनुभएका लावतीको पञ्चायतकाल भरी दबदबा थियो । उहाँ पनि मेची अञ्चलकै हुनुहुन्छ ।
नेपालको राजनीतिमा शक्तिशाली स्थान बनाउन सफल मेची अञ्चलमा चार वटा जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम र झापा रहेका छन् । यी चार जिल्ला मध्ये ताप्लेजुङ र पाँचथरमा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने इलाममा दुई र झापामा पाँच निर्वाचन क्षेत्र रहेका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा झापा पाँचबाट एमाले अध्यक्ष ओली, झापा–३ बाट पूर्वगृहमन्त्री समेत रहनु भएका कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देल अनि झापा निर्वाचन क्षेत्र १ बाट कांग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा रहनु भएको थियो ।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा झापा पाँचबाट एमाले अध्यक्ष ओली, झापा–३ बाट पूर्वगृहमन्त्री समेत रहनु भएका कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देल अनि झापा निर्वाचन क्षेत्र १ बाट कांग्रेसका वर्तमान महामन्त्री विश्वप्रकाश शर्मा रहनु भएको थियो ।
इलाम १ बाट समाजवादीका सम्मानित नेता झलनाथ खनाल र २ बाट संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अनि ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई उम्मेदवार हुनुहुन्थ्यो । मुलुकका चर्चित यी अनुहार मध्य ओली झापा क्षेत्र नम्बर पाँच बाट ५२ हजार ३ सय १९ मतसहित विजयी भैसक्नु भएको छ । त्यसैगरी झापा ३ बाट राजेन्द्र लिङदेल ४० हजार ६ सय ६२ मतसहित विजयी भैसक्नु भएको छ भने उहाँसँग सिटौला पराजित बन्नुभएको छ । सिटौलाले जम्मा ३७ हजार ३ सय ८६ मत मात्रै प्राप्त गर्नुभयो । झापा १ बाट शर्मा विजयी हुनुभयो । उहाँले ३९ हजार ७ सय ६४ मत ल्याउनुभयो ।
पछिल्लो मत परिणाम अनुसार इलाम १ मा खनाल एमालेका उम्मेदवार महेश बस्नेतसँग पछाडि हुनुहुन्छ । त्यहाँबाट बस्नेतले जित नकाल्ने सम्भावना बढी छ । इलामा २ बाट नेम्बाङले अग्रता कायम राख्नु भएको छ । त्यहाँ उहाँसँग नेपाली कांग्रेसका डम्बरबहादुर खड्का प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी ताप्लेजुङबाट भट्टराई विजयी भैसक्नु भएको छ । त्यहाँबाट भट्टराईले माओवादीका खेलप्रसाद बुढाथोकीलाई २ सय ८ मतको अन्तरले हराउँदै विजयी प्राप्त गर्नुभएको हो । भट्टराईले जम्मा २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभयो । पाँचथरबाट एमालेका बसन्तकुमार नेम्बाङ ३२ हजार १ सय १० मतसहित विजयी भैसक्नु भएको छ ।
झापका पाँच निर्वाचन क्षेत्र मध्ये २ र ४ मा पनि एमाले विजयी भएको छ । २ बाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे २८ हजार ६ सय ९७ मतसहित विजयी हुनुभएको छ । त्यस्तै झापा ४ बाट एमालेकै लालप्रसाद साँवा लिम्बू २९ हजार ३ सय १५ मतसहित विजयी हुनुभएको छ । मत गणना भैरहेका इलामका दुबै क्षेत्रबाट एमाले नै विजयी हुने सम्भावना बढी रहेको छ । यसरी हेर्दा कम्युनिष्टको किल्ला मेचीका नौ निर्वाचन क्षेत्र मध्ये ७ वटामा एमाले विजयी हुने देखिएको छ ।