सुनसरी क्षेत्र नम्बर ३ मा गठवन्धनका विजयकुमार गच्छदार भन्दा एमालेकी भगवती चौधरीकाे अग्रता

सुनसरी, १२ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले फराकिलाे अग्रता कायम गरेकी छिन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। अहिलेसम्म चौधरीले २७ हजार ९ सय ७१ मत ल्याइसकेकी छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निरन्तर पछि परेका छन्।

गच्छदारले २३ हजार ६ सय ६४ मत ल्याए । उनी ४ हजार ३ सय ७ मतले पछाडी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार २० मत र राप्रपाका कुलदीप चौधरीले १ हजार ६ सय ४१ मत ल्याएका छन्।