एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरूकाे दौडधुप सुरु भयाे: ओली

काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुप गरिरहेको बताउनु भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले एमाले केही भएरै शक्ति केन्द्रहरूसमेत रोक्नलाई दौडधुप सुरु गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकार बनाउन नदिन विभिन्न शक्ति केन्द्रहरू दौडधुपमा छन्।’

उहाँले गठबन्धन सरकारले निर्वाचनमा धाँधली गर्दा पनि एमालेले राम्रो नतिजा ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मतगणना भइरहेका ठाउँमा पनि एमालेले अग्रता लिएका कारण मतगणना रोकेको हो।

अहिले रोकिएका ६ क्षेत्र हाम्रै हो। हाम्रा उम्मेदवारले जित्ने भएपिछ धाँधली सुरु गरिएको हो। गठबन्धन सरकारले धाँधली नगरेको भए झन् हामीलाई कसैले रोक्न सक्ने थिएन ।’

अध्यक्ष ओलीले घेराबन्दीमा पर्दासमेत एमाले सर्वाधिक लोकप्रिय बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनमतबाट स्थापित भयो। देशभित्रको गठबन्धन र अनेक प्रकारका शक्ति नलागेको भए झन् के हुन्थ्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *