समानुपातिकतर्फ एक करोड १२ हजार मत गन्दा पहिलो स्थानमा एमाले, कटेन एकीकृत समाजवादी काे थ्रेसहाेल्ड

काठमाडाैं, १४ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार समानुपातिकतर्फ बुधबार बिहान १० बजेसम्म १ करोड १२ हजार ४७ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ ।

निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ९७ हजार ६६४ मत ल्याएको छ । दास्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १५९ मत पाएको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले ११ लाख ४१ हजार २७३ मत पाएकाे छ ।

चौथो राष्ट्रिय स्वतन्त्र पार्टी बनेकाे छ । राष्ट्रिय स्वतन्त्रले १० लाख ९७ हजार ७८९ मत ल्याएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७० हजार ३०४ मत पाएको छ । जनता समाजवादी पार्टीले तीन लाख ९३ हजार ५९९ र जनमत पार्टीले तीन लाख ५४ हजार ३८५ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ८२ हजार १८९ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीको दुई लाख ४४ हजार ३४३ र लोकतान्त्रिक समाजवादी पार्टीको एक लाख ४८ हजार ५०७ मत छ ।