स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न आयोगको निर्देशन

काठमाडाैं, १४ मंसिर । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन सम्पन्न भैसकेका स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ।

मंसिर ४ मा मतदान भए पनि यी क्षेत्रमा पुन: निर्वाचनकाे माग गर्दै मतगणना हुन सकेको थिएन।

बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका थिए भने स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुन: मतदानको माग गरेको थियो।

आयोगको आजको बैठकले स्याङ्जा २ र बाजुरामा पुन: निर्वाचन नहुने भन्दै मतगणना सुरू गर्न निर्देशन दिएको हो।