समानुपातिकमा एमाले कांग्रेसभन्दा १ लाख ३१ हजार मतले अगाडि, नेकपा एसलाई थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

काठमाडौं, १५ मंसिर । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको गणना जारी छ ।

मत गणना अनुसार हालसम्म १ करोड २ लाख २२ हजार २२२ गणना सकिँदा नेकपा एमालेले सबैभन्दा अग्र स्थानमा छ ।

एमालेले हालसम्म २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत ल्याएर दोस्रो स्थान कायम गरेकाे छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो स्थानमा छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१ मतका साथ चौथो स्थानमा रहेको छ ।

राप्रपाले ५ लाख ८० हजार ४३४ मत ल्याएर पाँचौं, जसपाले ४ लाख १२ हजार ८५८ मतका साथ छैटौं र सीके राउतको जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर सातौं स्थान बनाएकाे छ ।

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ९२ हजार १५८ मत पाएको छ । उसलाई राष्ट्रिय पार्टीका लागि हम्मेहम्मे भएकाे छ ।