सिरहाकाे गोलबजारबाट कटुवा पेस्तोल सहित दुइजना पक्राउ

सिरहा, १५ मंसिर । सिरहाकाे गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल सहित दुइजना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूकाे साथबाट बाह्रबोरको कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।