आयल निगमकाे दादागिरी कायमै

भारतबाट घटेर आयो इन्धनकाे मूल्य तर समायाेजन भएन

काठमाडौं, १६ मंसिर । भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा भने इन्धनको मूल्य नघटाउने आयल निगम जनाएकाे छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ।

पटक पटक भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगमले दादागिरी शैलीमा एकै मूल्यमा इन्धन बेचिरहेका छन् ।

मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ।

यस्तै हवाई इन्धन आन्तरिकमा ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।

पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य घटाएको छैन।