समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रोमा एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै सकस

काठमाडाैं, १६ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ एमालेको अग्रता कायमै रहेकाे छ ।

हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ भने नेकपा एमालेले १ लाख २९ हजार मतले आफ्नाे अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा एमालेले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ ल्याएर दोस्रो स्थानमा कायम गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ६१ हजार दुई सय ५६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ३१ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।

मत परिणाम अनुसार ७ वटा दल राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ भने आठौं स्थानमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड कटाउन संघर्षरत छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *