मतपत्र हराएपछि दोलखामा मतगणना स्थगित

काठमाडौं, १६ मंसिर । दोलखामा जारी मतगणना स्थगित भएको छ ।

मतगणनाकाे क्रममा करिब १५० वटा मतपत्र नभेटिएको भन्दै एमालेले आपत्ति जनाएपछि विवादका कारण मतगणना स्थगित भएको हो ।

वडा नम्बर १ काे एउटा गाउँपालिकामा १५० मतपत्र नभेटिएपछि मतगणनास्थलमा विवाद उत्पन्न भएकाे थियाे । मत गणनास्थलमा अहिले सर्वपक्षीय छलफल चलिरहेको छ ।

दोलखामा दोस्रो पटक भएको मतदानमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिइरहेका छन् । उनलाई एमालेका बालकृष्ण शिवाकोटीले पछ्याएका छन् ।