बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे निर्वाचित
बाजुरा, १८ मंसिर । प्रतिनिधिसभा सदस्यमा बाजुराबाट नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनी ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गरेका छन् ।
राष्ट्रियसभाका पूर्व सांसद रहेका पाण्डेले प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचन जितेका हुन् । उनी विसं २०७० मा तत्कालीन संविधानसभा सदस्य तथा २०७४ मा राष्ट्रियसभा सदस्य थिए ।
जिल्लामा कुल ८३ हजार पाँच सय ६७ कुल मतदाता मध्ये ५९ हजार सात सय ५७ मत खसेको थियो ।