इन्द्रचोकमा चक्कु प्रहारगरी घाइते बनाएका चिनियाँको उपचारकाे क्रममा मृत्यु

काठमाडाैं १९ मंसिर । काठमाडौंको इन्द्रचोकमा आइतबार चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ।

एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएकाे छ ।

२९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो। उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।

चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो भने चुआनको पेटमा गहिरो चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।

प्रहरीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो । प्रहरीले युनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।