सर्लाहीबाट साढे २ केजी अवैध लागूऔषध गाँजासहित दुइजना पक्राउ

सर्लाही, १९ मंसिर । सर्लाहीकाे मलंगवाबाट साढे २ केजी अवैध लागूऔषध गाँजासहित दुइजना पक्राउ परेका छन् ।

प्रहरीले मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयलगाएत २ जनालाई २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो पक्राउ गरेको हाे।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीले पक्राउ परेका उनीहरूमाथी आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।