नेकपा समाजवादीले थ्रेस होल्ड कटाएन, एमालेले ३४ सिट प्राप्त गर्ने

काठमाडौं, २१ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड ९ लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ ।

जसमा थ्रेस होल्ड कटाउने ७ दल मात्रै छन् । ९२ लाख ७१ हजार ७११ मत समानुपातिकतर्फको १ सय १० सिट बाँडफाँटमा थ्रेस होल्ड नकटाउने ४० दलले प्राप्त गरेको १२ प्रतिशत अर्थात १२ लाख ८८ हजार ३५६ अर्थात १२ प्रतिशत मत खेर गएको छ । नेकपा एकीकृत समाजवादी २.८२ प्रतिशत अर्थात २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । सो दलले यति मत प्राप्त गरे पनि थ्रेस होल्ड कटाउन असफल भएको छ ।

आयोगको नतिजा सबैभन्दा बढी नेकपा (एमाले) ले थ्रेस होल्ड कटाउने ७ दलको मत जोडेर आउने हिसावको ३० प्रतिशत मत प्राप्त गरेर ३४ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पहिलो दल बनेको नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ । कांग्रेसले २९ प्रतिशत मत प्राप्त गरेर ३२ सिट प्राप्त गर्ने भएको छ ।

यस्तै तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १२ प्रतिशत मत प्राप्त गरेर १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ प्रतिशत मत प्राप्त गरेर १३ सिट प्राप्त गर्ने भएको छ । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई पत्र पठाउने आयोगको तयारी छ ।