एमालेकाे समानुपातिक सांसद भोलि शुक्रबार टुंगो लाग्ने

काठमाडौं, २२ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा आफुले पाएकाे समानुपातिक सांसदको भोलि टुंगो लगाउने भएको छ ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसद भोलि पार्टी सचिवालय बैठकले टुंगो लगाउने जनाएकाे हाे ।

ज्ञवालीले निर्वाचन आयोगले पठाएको पत्रअनुसार एमालेका सबै क्लस्टर मिलाएर सांसदको टुंगो लाग्ने बताए ।