जनकपुरमा सुन पसल चोरी गर्दा गर्दै एकजना पक्राउ
काठमाडौं,२३ मंसिर । जनकपुर उपमहानगरपालिका ५ स्थित अलंकार ज्वेलर्समा चोरी गर्दा गर्दैकाे अवस्थामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले साेही पालीका वडा १५ कुवारामपुर बस्ने २५ वर्षीय संजित कुमार दासलाई चोरी गर्दै गरेको अवस्थामा बिहिबार पक्राउ गरेकाे हाे ।
दासलाई चोरी गर्दै गरेको अवस्थामा फेला पारी पसल संचालकले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गर्नासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
प्रहरीले उनको झोलाबाट चाँदीको जस्तो देखिने सेतो धातुको ब्रासलेट १ थान, पाउजु १ जोर, सिक्री २ थान, नियन्त्रित लागूऔषध नाईट्राबेट ९ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस १२ ट्याब्लेट, माईक्रो ल्याब्स ३ ट्याब्लेट र कफि सेट १ थान फेला पारी बरामद गरेको छ ।
प्रहरीले चाेरी गरेका सामानसहित दासलाई थप अनुसन्धान गरिरहेको छ