धादिङ आलेगाउँमा वृद्ध दम्पतीको हत्या

धादिङ, २६ मंसिर । धादिङमा एक वृद्ध दम्पतीको हत्या भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृतक दुई जना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना कहिलेको हो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

अहिले प्रहरी घटनास्थल पुगिसकेकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।