नक्कली नोट सहित एक भारतीय पक्राउ

कैलाली, २६ मंसिर । धनगढीबाट नक्कली नोट सहित एक भारतीय पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोट सहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नोट ल्याएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।