बागलुङकाे एक हाेटलमा तीन किशाेरी बलात्कृत

बागलुङ, २७ मंसिर । बागलुङकाे बागलुङ नगरपालिका-२ समिट चोकस्थित एक होटलमा तीन किशाेरी बलात्कृत भएका छन् ।

१५/१५ र १६ वर्षीया तीन जना किशोरीलाई होटलमा लगेर बलात्कार गरेकाे अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हाल पोखरा बस्ने बागलुङ गलकोट नगरपालिका-९ घर भएका २३ वर्षीय अशोक दर्लामी, रुपन्देही तिलोत्तमा नगरपालिका घर भएका १९ वर्षीय राहुल थापा र धादिङ कटुथे गाउँपालिका घर भएका १७ वर्षीया किशोर रहेका छन् ।

ती किशोरीहरु शनिबार घरबाट कसैलाई नसोधी निस्केका र फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त होटलमा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले किशोरीहरुलाई बलात्कार गरेको खुल्न आएपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएका तीनजना किशाेर माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।