जग्गाको विवादमा देवर द्वारा भाउजुकाे हत्या

सर्लाही, २७ मंसिर । सर्लाहीमा जग्गाको विवादमा कुटपिट गरी देवरले भाउजुकाे हत्या गरेकाे छ ।

जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका-२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेका जितेन्द्र र अनिता फरार रहेकाले उनीहरूकाे खोजी गरिरहेकाे प्रहरीले जनाएकाे छ ।