काभ्रेकाे बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २० जना गम्भीर घाइते

काभ्रेपलाञ्चाेक, २७ मंसिर । काभ्रेपलाञ्चाेक जिल्लाकाे बेथानचोक गाउँपालिका–४ चलालमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका ५ च्याल्टीमा ब्रतबन्धकाे भाेज खाएर फर्किने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका अनुसार १७ जनाको मृत्यु भएको जनाएकाे छ भने २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार गरी काभ्रेपलाञ्चाेककाे धुलिखेल अस्पताल पठाइएको जनाएकाे छ ।