निर्वाचन आयोगबाट अन्तिम नामावली सार्वजनिक (यस्ता छन् ११० समानुपातिक सांसद सूचिसहित)

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले सबै राजनीतिक दलले प्रतिनिधि सभा र सबै प्रदेशतर्फ प्राप्त गरेका समानुपातिकतर्फका सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट ७ दलले प्राप्त गरेका ११० सांसदको नाम आज निर्वाचन आयोगले सार्वजनिक गरेको हो । प्रतिनिधिसभासँगै आयोगले सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली पनि सार्वजनिक गरेको छ ।

समानुपातिकतर्फ नेकपा (एमाले) ले ३४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ सीट र नेकपा (माओवादी केन्द्र) ले १४ सीट प्राप्त गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट प्राप्त गर्दा जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

प्रतिनिधि तर्फका समानुपातिक सांसदहरुको नामावली