राजनीतिक दलहरू सच्चिन आवश्यक छ : एमाले उपमहासचिव गुरुङ

काठमाडाैं, १ पुस । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव सांसद पृथ्वीसुब्बा गुरुङले दलहरू सच्चिन आवश्यक रहेकाे बताएका छन् ।

गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आश्वयक देखिएको बताउनुभएको हाे ।

बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औं साधारणसभा कार्यक्रममा बाेल्दै उहाँले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताउनुभयो ।

उहाँले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।