सहायक सीडीओकाे हस्ताक्षर कीर्ते गरी मेगा बैंक बाट रु ७० लाख निकाल्ने महन्थ वैष्णव पक्राउ

महोत्तरी, ३ पुस । महोत्तरीको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णव सहायक सीडीओकाे हस्ताक्षर कीर्ते गरी मेगा बैंक बाट रु ७० लाख निकालेकाे आरोपमा पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा पक्राउ गरिएको हो ।

वैष्णवमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर सरकारले रोक्का राखेको ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पङ्गेनीले बताउनुभयो ।