तेह्रथुममा १४ वर्षीया किशोरी बलात्कृत
तेह्रथुम, ३ पु्स । तेह्रथुममा १४ वर्षीया किशोरी बलात्कृत भएका छन् ।
प्रहरीले १४ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा पाचँथर फिदिम नगरपालिका-३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित १४ वर्षीया किशोरीलाई झाडीमा लगेर बलात्कार गरेकाे सूचना पाएपछि प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटना सम्वन्धि थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।