जबरजस्ती करणी अभियोगमा २ जना पक्राउ

मोरङ, ४ पुस । मोरङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका ६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका ७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।