भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
भक्तपुर, ५ पुस । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेख रहेका छन् । शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
शेखल ती १५ वर्षीया किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।