कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
मोरङ, ६ पुस । मोरङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मोरङको केराबारी गाउँपालिका ९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका १ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । ।
सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउगरी थप अनुसन्धान गरिरहेको बताएको छ ।