स्थायी सरकारका लागि विचार मिल्ने दलको मार्चाबन्दी बाहेक विकल्प छैनः योगेश भट्टराई (भिडियो अन्तवार्ता)

काठमाडौं, पुस ७ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले एमालेले पहल कदमी गरेर गठबन्धन बनाएको अवस्थामा मात्रै बहुमत पुग्ने दाबी गर्नुभएको छ । मैत्रीन्ज्युजको भिडियो सम्वादमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘०७४ मा एमालेको नेतृत्वमा गठबन्धन हुँदा सजिलै बहुमत प्राप्त भएको थियो । अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउँदा समेत बहुमत नआएको हामीले देख्यौँ नि त ? होइन भने हामीले जनु खालको संविधान बनाएका छौँ । त्यसको परिणति अझै केही वर्ष यस्तै अवस्थालाई स्वीकार्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको निर्वाचन प्रणालीले अझै केही दशक यस्तै नहोला भन्ने अवस्था देखिँदैन ।’

आफ्नो विचार नजिक भएका दलहरुसँग स्थायी मोर्चा बनाएको अवस्थामा भने अस्थिर सरकारको नियतीबाट मुक्त हुन सकिने उहाँको भनाइ छ । उहाँले अहिलेको निर्वाचनबाट एमालेले बहुमत ल्याउन नसकेपछि पराजित नभएको दाबी गर्नुभयो । ‘ठूलो घेराबन्दीका विचमा पनि एमालेले चिर्वाचनमा जाँदै गर्दा बहुमत त ल्याउन सकेन तर आफ्नो साख बचाएको छ,’ उहाँले भन्नुभयो, ‘यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वको जुन गठबन्धन थियो । त्यो पराजित भयो ।’

उहाँले सत्ता स्वार्थका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सबै विचारका दलहरुसँग गठबन्धन गरेर अघि बढेकाले पनि समस्या भएको उहाँको ठहर छ । ‘यो दीर्घकालिन समाधान होइन,’ उहाँले भन्नुभयो, ‘यो अवस्थालाई समाधान गरेर अघि बढ्का लागि कि शासकीय प्रणालीलाई परिवर्तन गरेर अघि बढ्नुपर्छ । अलिकै निर्वाचन र शासकीय प्रणाली कायम राखेर अघि बढ्ने हो भने विचार मिल्नेहरुसँग मोर्चाबन्दी गर्नुको बिकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *