बारामा युरेनियमसहित ३ जना पक्राउ
बारा, १० पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियमसहित तीन जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रवी चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका-२ बस्ने २२ वर्षीय वृज सहनीलाई हिजाे पक्राउ गरेको हो ।
जीतपुरसिमरा-७ स्थित आदित्य होटलको कोठा नं. ४ बाट हिजाे शनिबार युरेनियम जस्तो देखिने वस्तुसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बाराका सूचना अधिकारी अमर बहादुर खत्रीले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईने सशस्त्र प्रहरीले जनाएको छ ।
