पल शाहको मुद्दा आज सुनुवाइ हुँदै

तनहुँ, ११ पुस । अभिनेता पल शाहमाथि लागेको बलात्कार सम्वन्धिको मुद्दामाथि सुनुवाइ आज हुने भएको छ।

मुद्दाको सुनुवाइ आज तनहुँ जिल्ला अदालत तनहुँमा हुन लागेको हो।

अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो।

नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहार अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको थियाे ।

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।