प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधामन्त्रीले शपथ लिने

काठमाडाैं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने हुनुभएकाे छ ।

नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ भने रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहनु भएकाे छ ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनकाे बैठक जारी छ ।