नेपाल सरकारकाे प्रवक्तामा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं, १२ पुस । नेपाल सरकारकाे प्रवक्तामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल हुनुभएका छन् ।

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिनुभएकाे हाे ।

उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि पौडेललाई दिनुभएकाे हाे ।

त्यसपछि नियुक्त हुनुहुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउनुहुनेछ ।