प्रदेश १ मा एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सहज गणित, मुख्यमन्त्रीमा कार्की निश्चित जस्तै

काठमाडौं, १२ पुस । प्रत्यक्षतर्फ ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश  १ मा १४ जिल्ला छन् । कांग्रेस नेतृत्वकै गठबन्धन यथावत रहँदा पनि प्रदेश एकमा नेकपा (एमाले)लाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको मात्रै समर्थनले पनि सरकार बनाउन पुग्ने गणित थियो । पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि प्रदेश एकमा अब एमालेकै नेतृत्वमा सरकार गठनका लागि सहज अवस्था देखिएको छ ।

५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा एमाले एक्लैले प्रत्यक्षतर्फ २५ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ र माओवादीले ९ सिट प्राप्त गरेको छ । त्यसैगरी नेकपा समाजवादीले ३ सिट ल्याउँदा राप्रपाको २ सिट छ ।

पछिल्लो राजनीतिक समिकरण अनुसार एमालेको नेतृत्वमा गठबन्धन बनेको छ । एमाले मंसिर ४ को निर्वाचनमा जसपा र राप्रपासाग तालमेल गरेर चुनावमा गएको थियो । अहिले नयाँ गठबन्धन गरेपछि माओवादी पनि थपिएको छ ।

५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा एमाले एक्लैले प्रत्यक्षतर्फ २५ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ र माओवादीले ९ सिट प्राप्त गरेको छ । त्यसैगरी नेकपा समाजवादीले ३ सिट ल्याउँदा राप्रपाको २ सिट छ

कांग्रेस नेतृत्वको गठबन्धनको नेकपा समाजवादी भने अहिले तटस्थ छ । यसरी हेर्दा प्रदेश एकमा एमाले नेतृत्वको गठबन्धनमा प्रत्यक्ष तर्फमात्रै ३६ सिट पुगेको छ । समानुपातिकसहित जोड्दा एमालेको ४० सिट, माओवादीको १३ सिट र राप्रपाको ६ सिट अनि जसपाको १ सिट हुन्छ । यी चार दलको मात्रै जोड्दा पनि ६० सिट पुग्छ । प्रदेश १ मा सरकार बनाउन ४७ सिट भए पुग्छ । तर, अहिले एमाले नेतृत्वको गठबन्धनसँग ६० सिट पुग्छ ।

समानुपातिकको मतमा १८ लाख ९९ हजार १ सय ४४ मत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४ सय ६० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, माओवादीले १ लाख ८१ हजार २ सय ४५ र राप्रपाले १ लाख ९८ हजार ५ सय १८ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ प्रदेश एकमा एमाले ताप्लेजुङका २ मध्ये एक क्षेत्रमा एमाले र एकमा कांग्रेस विजयी भएको छ । पाँचथरक दुई निर्वाचन क्षेत्रमा माओवादी र नेकपा समाजवादी विजयी भएको छ । इलाम क्षेत्र नम्बर एकका दुइ मध्ये एक–एक निर्वाचन क्षेत्रबाट कांग्रेस र एमाले विजयी भएको छ भने इलाम क्षेत्र नम्बर २ मा पनि एक–एक क्षेत्रमा एमाले र कांग्रेस विजयी भएको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा एकमा एक क्षेत्र कांग्रेस र एक क्षेत्रमा राप्रपा विजयी भएको छ । झापामा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको थियो । त्यसैगरी क्षेत्र नम्बर दुईका दुबै क्षेत्रमा एमाले विजयी भएको छ । क्षेत्र नम्बर ३ मा एक क्षेत्र एमालेले जित हात पारेको छ भने एकमा कांग्रेस विजयी भएको छ । झापा ४ का दुई निर्वाचन क्षेत्र मध्ये एकमा एमाले र एकमा राप्रपा विजयी भएका छन् । झापा ५ को दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ ।

संखुवासभामा दुई मध्ये एकमा माओवादी र एकमा एमाले विजयी भएको छ । त्यसैगरी तेह्रथुमका दुई मध्ये एकमा एमाले र एकमा माओवादी विजयी भएको छ । भोजपुरका दुई निर्वाचन क्षेत्र मध्ये एकमा कांग्रेस र एकमा एकिकृत समाजवादी विजयी भएको छ । धनकुटाका दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ । मोरङमा ६ वटा निर्वाचन क्षेत्रमा प्रदेशसभाका १२ सिट रहेका छन् । ती मध्ये एक निर्वाचन क्षेत्रका दुबैमा एमाले विजयी भएको छ ।

क्षेत्र नम्बर दुईमा माओवादी र एमाले एक–एक क्षेत्रमा विजयी भएका छन् । तीनका दुई निर्वाचन क्षेत्र मध्ये एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । चारमा पनि एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । पाँचका दुबै क्षेत्रमा कांग्रेस विजयी भएको छ । ६ मा पनि एमाले र कांग्रेसका भागमा एक–एक क्षेत्र परेको छ ।

तीनका दुई निर्वाचन क्षेत्र मध्ये एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । चारमा पनि एमाले र कांग्रेस एक–एक क्षेत्रमा विजयी भएका छन् । पाँचका दुबै क्षेत्रमा कांग्रेस विजयी भएको छ । ६ मा पनि एमाले र कांग्रेसका भागमा एक–एक क्षेत्र परेको छ

सुनसरी १ का दुबै क्षेत्रमा एमाले विजयी भएको छ भने दुईका पनि दुबै निर्वाचन क्षेत्रमा एमाले नै विजयी भएको छ । सुनसरीबाट मात्रै एमालेले ६ सिट प्राप्त गरेको छ । सोलुखुम्बुका दुई निर्वाचन क्षेत्र मध्ये एकमा एमाले र एकमा माओवादी विजयी भएको छ । खोटाङमा एक क्षेत्रमा एमाले र एक क्षेत्रमा कांग्रेस विजयी भएको छ ।

ओखलढुंगाका दुई निर्वाचन क्षेत्रमा एकमा माओवादी र एकमा कांग्रेस विजयी भएको छ । ओखलढुंगाका दुई निर्वाचन क्षेत्रमा एकमा माओवादी र एकमा कांग्रेस विजयी भएको छ । उदयपुर १ का दुई निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ भने २ का दुबै निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी विजयी भएका छन् ।

पछिल्लो राजनीतिक समिकरण अनुसार प्रदेश एक, गण्डकी र कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने निश्चित छ । यो अवस्था हेर्दा प्रदेश एकबाट एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।