सरकार गठनबारे छलफल पश्चात अध्यक्ष ओली फिर्ता

काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासबाट फर्किनुभएका छन् ।

दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुग्नुभएका अध्यक्ष ओली सरकार गठनबारे छलफल पश्चात फर्किनुभएकाे हाे ।

फर्किनेक्रममा अध्यक्ष ओलीले सञ्चार माध्यायसंग सरकारकै विषयमा छलफल भएको बताउनुभएकाे छ । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो’ उहाँले भन्नुभयाे ।

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उहाँको भनाइ छ । ‘सरकारको नीति कार्यक्रम कस्तो बनाउने, सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो’ उहाँले भन्नुभयाे ।