सुरक्षा निकायका पदाधिकारीहरुलाई आफूखुसी नेता र राजदूत नभेट्न निर्देशन

काठमाडौं, १४ पुस । सुरक्षा निकायका पदाधिकारीहरुलाई आफूखुसी नेता र राजदूत नभेट्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले कर्तव्य पालनाको सिलसिलामा बाहेक राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने बताएको हो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति निकालेर निर्देशनविपरीत कसैले पूर्वस्वीकृतिबिना नै भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने बताएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *