बलत्कार आरोपमा एकजना पक्राउ
उदयपुर, १७ पुस । उदयपुर २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियार रहेका छन् ।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।