गृहमन्त्रीको निर्देशन– नागरिककाे न्यायका लागी इमान्दारिता र पारदर्शितामा ध्यान दिनु

काठमाडाैं, १८ पुस । गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुसंग भर्चुअल बैठकमा नागरिककाे न्यायका लागी इमान्दारिता र पारदर्शितामा ध्यान दिन निर्देशन दिएका छन् ।

न्यायमा सवै जनताको पहुँच हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘नागरिकले न्यायका लागी अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई सुशासन प्रत्याभूत हुनेगरी नागरिकमा आशा जगाउने गरी काम गर्न पनि निर्देश गरेका छन् ।

‘आवाज बिहिनहरुको आवाज सुन्नुस’ ७७ जिल्लाका प्रजिअहरुलाई उनले भने–‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुहुँदैन ।’

गृहमन्त्रीले बैठकमा भने–‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’ उनले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *