खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
सिन्धुपाल्चोक, १८ पुस । सिन्धुपाल्चोककाे पाँचपोखरी थाङपाल गाउँपालिका -६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएकाे छ ।
पौडेलको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुक्तिनाथ सहित ३ जनालाई राजारामले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी पाँचपोखरीबाट खटिएको प्रहरीले रायमाझीलाई पक्राउ गरेको हाे ।
घाइतेहरूलाई उपचारको लागि तिपेनी अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाएकोमा उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको छ । घाइते भएका अन्य २ जनाको पनि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।