एनपिएल टि २० खेलकाे सट्टाबाजी खेलाउने एकजना पक्राउ

काठमाडाैं, २१ पुस । कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा भएकाे एनपिएल टि २० खेलकाे सट्टाबाजी खेलाउने एकजना पक्राउ परेका छन् ।

पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन बेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइबाट हार जितको लागि अनलाईन बेटिङ भइरहेको पाएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको जनाएकाे छ । प्रहरीले कुमारमाथी थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *