सिन्धुलीबाट अवैध लागूऔषध सहित एक पक्राउ
सिन्धुली, २२ पुस । सिन्धुलीकाे कमलामाई नगरपालिका-९ चुरेबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले लागूऔषध नाईट्राजेपाम ६ सय ट्याब्लेट सहित सर्लाही त्रिभुवननगर नगरपालिका-२ घर भएका ३४ वर्षीय शंकर साह कलवारलाई बिहीबार पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको बिआर ३० एक्स ३५४८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक कलवारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेका छन् ।
पक्राउ परेका कलवारसंग प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।