भक्तपुरबाट अवैध लागूऔषध गाँजा १ किलोसहित एक पक्राउ

भक्तपुर, २४ पुस । भक्तपुरबाट अवैध लागूऔषध गाँजा १ किलोसहित एक पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा १ किलो सहित गएराति प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा.३१ प ३९८० र बा.८७ प ११८६ नम्बरको मोटरसाइकलसहित उक्त गाँजा फेला पारी पक्राउ गरेको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।