प्रदेश १ मुख्यमन्त्रीमा ६० सांसदको समर्थनसहित हिक्मत कार्कीको दाबी पेश

काठमाडौं, २४ पुस । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले ६० जना सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरु सबैको समर्थनमा प्रदेश प्रमुखसमक्ष कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।
प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।