कर्णालीको मुख्यमन्त्रीमा एमाले र माओवादीकाे आलोपालो, पहिलाे साढे दुई वर्ष माओवादीलाई
सुर्खेत, २७ पुस । कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालो गर्ने सहमति भएको छ ।
सातदलीय गठबन्धनमा यसअघि कर्णाली सरकारको नेतृत्व एकलौटीरूपमा माओवादीलाई दिने सहमति भएको थियो ।
मुख्यमन्त्रीमा दाबी पेश गर्न केही समय बाँकी हुँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो । सहमति अनुसार पहिलाे साढे दुई वर्ष माओवादी संसदीय दलका नेता राजकुमार शर्माले नेतृत्व गर्नेछ । त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।
आजै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।