लमजुङमा चिर्पट प्रहार गरी पुरूषकाे हत्या, एक पक्राउ

लमजुङ, २८ पुस । लमजुङमा एकजना ५५ वर्षीय पुरूषकाे चिर्पट प्रहार गरी हत्या भएकाे छ ।

राईनास नगरपालिका-९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय वेलराम गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

२०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेको वेलराम गुरुङलाई चितवन भरतपुर महानगरपालिका-१६मा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।