२० लाख धरौटीमा आज छुट्दै सन्दिप लामिछाने

काठमाडौं, २९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा छुट्ने भएका छन् । उच्च अदालत पाटनले उनलाई धरौटीमा आजै छाड्न आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

बिहीबार सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।

इजलासले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए।

लामिछानेमाथि नाबालिग बलात्कार गरेको आरोपमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट  नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *