मधेसमा तीन मन्त्रीसहित मुख्यमन्त्रीले लिनुभयाे शपथ

जनकपुर, २९ पुस । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिनुभएकाे छ ।

वहाँलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । वहाँले भोजपुरी भाषामा शपथ लिनुभएकाे छ ।

मुख्यमन्त्रीसँगै आज नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिनुभएकाे छ ।

शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउतलगाएतका सहभागी हुनुभएकाे थियाे ।