सल्यानमा आफ्नै मामाले घाँटी रेटेर भाञ्जाको हत्या

काठमाडाैं, २ माघ । सल्यानमा आफ्नै मामाले घाँटी रेटेर भाञ्जाको हत्या गरेका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडामा आफ्नै मामा ३४ वर्षीय डम्बर पुरीले ८ वर्षीय भाञ्जा भिजन घर्तीको हत्या गरेका हुन् ।
प्रहरीले हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले बताए । डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ ।
खुर्पाले रेटेर हत्या गरिएको पुजनको छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।
स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जनाएकाे छ ।